काठमाडौं । २१ फागुनको निर्वाचनबाट मुस्किलले राष्ट्रिय पार्टी बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् । तर श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद रहेका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधा र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्दछन् ।
दलको प्रमुख सचेतकका लागि छुट्टै कार्यालयको सुविधा हुन्छ, जसको लागि कार्यालय सहयोगी एक जना प्राप्त गर्दछन् । एउटा साइकल पनि पाउँछन् । अतिथि सत्कार खर्च बापत्त मासिक १५ हजार प्राप्त हुन्छ । तर अब राप्रपा र श्रम संस्कृति पार्टी यसबाट वञ्चित हुने भएका हुन् ।
यसैको विरोधमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुबिधा नदिने हो भने मन्त्रीहरुले पनि सुबिधा नलिनु होला ! सुरक्षाकर्मी पनि नलिनु ! आफै हिँड्नु ! काम छैन !’





























प्रतिक्रिया