बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

केन्द्रबिन्दु
6
Shares

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व मुगाधन र भलशोभा राईका परिवारले उक्त अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको ब्याजबाट विद्यालयका आवश्यक काममा खर्च गरिने जनाइएको छ । कोषको रकम नघट्ने गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।परिवारका तर्फबाट अक्षयकोष स्थापना गरिएको जनाउँदै यसको व्यवस्थापन विद्यालयसँग समन्वयमा हुने बताइएको छ । यसै क्रममा विद्यालयलाई हार्मोनियम, मादल र बासुरीसमेत प्रदान गरिएको छ ।

विद्यालयको शैक्षिक सुधार र सौन्दर्यकरणमा सहयोग गर्ने एक व्यक्तिलाई कार्यक्रममार्फत सम्मान गरिएको विद्यालयले जनाएको छ ।

Logo