मधेश विश्वविद्यालयको बस प्रयोगविहीन

मधेश विश्वविद्यालयको बस प्रयोगविहीन

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ 

चैत्र ९ गते,

वीरगन्जको मधेश विश्वविद्यालयको बस लामो समयदेखि सञ्चालनविहीन भएर थन्किएको अवस्थामा फेला परेको छ। मधेश विश्वविद्यालय स्थापना भएकै सालदेखि प्रदेश सरकारबाट पाएको प्रदेश २–०२–००१ स ००७८ नम्बरको बस अहिले विश्वविद्यालयपरिसरमा सञ्चालनविहीन भएर थन्केको अवस्थामा परेको हो । 

नेसनल ट्रेडिङ गोदाममा भाडामा सञ्चालनमा रहेका विश्वविद्यालय मासिक ४०–४५ हजार भाडा तिरेर सञ्चालनमा रहेको छ। विश्वविद्यालयमा अहिले बसको आवश्यकता नभएका कारण बस दैनिक रूपमा सञ्चालनमा नरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ। 

विद्यार्थी कम भएका कारण दैनिक रूपमा बस प्रयोग गर्न सकिएको छैन, तर आवश्यकताअनुसार बस भने प्रयोगमा रहेको छ। केही वर्षदेखि सञ्चालनमा रहेको मधेश विश्वविद्यालयमा अहिलेसम्म २४ जना शिक्षक र १८ जना कर्मचारी पनि कार्यरत रहेको विश्वविद्यालय प्रशासनले बताए। विश्वविद्यालयको नाममा जग्गा व्यवस्थापन भए पनि अहिलेसम्म उक्त जग्गा विश्वविद्यालयको नाममा आउन सकेको छैन ।

Skip This
Skip This
Logo