काठमाडौं, नेपालकै सर्वाधिक होची महिलाको रुपमा मालती ऋषिदेव देखा परेकी छिन् । १९ बर्षिय मालतीको उचाई २ फिट ८ इन्च मात्र रहेको छ ।
नागरिक्ता बनाउन जाने क्रममा उनको उचाई अनुसार उमेरमा विश्वास नलागेपछि उनको वारेमा स्थानिय रुपमा चर्चा चल्न थालेको थियो । मोरङको मुसहर परिवारमा जन्मिएकी मालती परिवारको आर्थिक अभावकै कारण उपचारवाट बन्चित भएकी थिईन् । घरकी जेठो सन्तानको रुपमा जन्मिएपनि उनको उचाई १ बर्षको उमेर देखि बढ्न नसकेको उनका परिवारले बताए । उनले उपचार नपाएको समाचार सामाजिक संजालमा आउन थालेपछि सरकार र केही स्थानिय संघसंस्थाले उनलाई आर्थिक सहयोग र उपचारमा सहयोग गर्न थालेका छन् ।
५० बर्षिय पिता रमेश ऋषिदेव र ४५ बर्षिया मिना देवीका अनुसार जन्मदा उनी सामान्य बालबालिका जस्तै थिईन् । आफ्ना चार सन्तान मध्ये जेठी मालतीको शरीरको बृद्धि भने एक बर्षको उमेर भएपछि रोकिन थाल्यो । दैनिक मजदुरीमा दिनको ३–४ सय रुपैंयाको आम्दानीले उनलाई शहरको अस्पतालमा लगेर जचाँउन नसकेको बताउछन् । उता मालती पनि सानो कद भएको कारण साथीहरुसंग खेल्न जान चाहन्नथिइन् । उनी घर भित्रै बसिरहन्थिन् । उनी खाना पनि थोरै खान्छिन् । जसको कारणले पनि उनलाई सामान्य रुपमा हिड्डुल गर्न पनि गाह्रो हुने गरेको छ । 
अहिले बिराटनगरको एक अस्पतालले उनको निशुल्क उपचार गर्ने जनाएको छ भने सरकारले मासिक २ हजार रुपैंया भत्ताको ब्यवस्था गरेपछि परिवारलाई केही राहत मिलेको पिता रमेश बताउछन् । उनको उचाईको चर्चा चलेपछि सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकालले आवश्यक कागजपत्रहरु उपलब्ध गराएर उनलाई नेपालकै होची महिलाको मान्यता दिने प्रयासमा लागेका छन् । झुपडीमा बस्ने ऋषिदेवको परिवारलाई केही आर्थिक राहत मिलोस् भनेर अहिले केही संघसंस्थाहरु अगाडी आउन थालेका छन् ।
गिनेज बुक अफ वल्र्ड रेकर्डका अनुसार अहिले विश्वकै होची महिलाको रुपमा भारत नागपुरकी ज्योती अम्गेलाई मान्यता दिएको छ । २४ बर्षिया ज्योतीको उचाई २४ दशमलब ७ ईन्च रहेको छ ।
विश्वकै होचो पुरुषमा भने नेपालका खगेन्द्र थापा मगरको नाम गिनेज बुक अफ वल्र्ड रेकर्डस्मा रहेको छ । २५ बर्षिय खगरेन्द्रको उचाई २ फिट २ दशमलब ४१ इन्च रहेको छ ।





























प्रतिक्रिया