काठमाडौँ । गुल्मीमा दुई गोठमा आगलागी भएको छ। यस जिल्लाको रुरु गाउँपालिका वडा ४ रानीबासका कपिल श्रेष्ठको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कच्चि काठले बारेको टिनले छाएको एक तले गोठमा दाना पकाउने क्रममा अचानक आगलागी हुँदा सोमबार गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गोठमा रहेको दाना र काठ समेत जलेर नष्ट भएको छ। गोठमा लागेको आगोले सोही स्थानका गिरिप्रसाद श्रेष्ठको सँगै सटेको घरको पालीको भागमा सामान्य क्षति भएको छ ।
मानवीय तथा चौपाया क्षति भने भएको छैन। त्यसैगरी चन्द्रकोट गाउँपालिका वडा ८ का ज्ञानेश्वर गौतमको गोठमा आगलागी भएको छ। ढुङ्गा माटोले बनेको एक तले कच्ची गोठमा अचानक आगलागी भएको थियो ।
आगलागीबाट उक्त गोठमा रहेको अन्दाजी ३० भारी खर र गोठको छानो जलेर नष्ट भएको छ। मानवीय तथा पशुचौपायामा क्षति भएको छैन्।





























प्रतिक्रिया