डाँका र ज्यान मार्ने उद्योगका दोषी १० वर्षपछि पक्राउ

डाँका र ज्यान मार्ने उद्योगका दोषी १० वर्षपछि पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । डाँका र ज्यान मार्ने उद्योगमा दोषी ठहर व्यक्ति १० वर्षपछि पक्राउ परेका छन्।

दोलखाको शैलुङ गाउँपालिका– ४ (साविक मागापौवा गाविस– २) घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–०८ बौद्ध बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

दोलखा जिल्ला अदालतले  २०७४ पुस ४ गते तामाङसमेतलाई जनही १० वर्ष कैद र जनही एक लाख १८९ रुपैयाँ जाहेरवालालाई बिगो भराउन भनेको थियो।

तामाङलाई फैसला कार्यान्वयनको लागि काठमाण्डौ जिल्ला अदालत बबरमहलमा उपस्थित गराएको प्रहरीले जनाएको छ।

Logo