कांग्रेस बैठकमा गगन थापाले भने- रास्वपालाई बधाई !

कांग्रेस बैठकमा गगन थापाले भने- रास्वपालाई बधाई !

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन्।

चुनावी हारपछि दिएको राजीनामा अस्विकृत भएपछि आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेका सभापति थापाले फागुन २१ को निर्वाचनबाट सुविधाजनक बहुमत प्राप्त गरेको भन्दै रास्वपा र रास्वपा नेतृत्वलाई बधाई दिएका हुन्।

उनले भने, ‘रास्वपा र रास्वपाको नेतृत्वलाई बधाई छ। संविधान र विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्ने शुभेच्छा छ।’ रास्वपाले अब ५ वर्ष सरकार सञ्चालन गर्ने र त्यसमा कांग्रेस प्रतिपक्षमा रहने पनि उनले बताए।

Logo