दार्चुला

कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ । "/>

कृषकलाई अन्न भकारी वितरण गरिँदै

कृषकलाई अन्न भकारी वितरण गरिँदै

केन्द्रबिन्दु
0
Shares

दार्चुला

कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ । 

कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो । 

कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका साबिकका गाविस सुन्सेरा, धौलाकोट, धारी, धाप, दत्तु, हुनैनाथ, डाडाकोट, लटिनाथ, गुल्जर र घुषाका कृषकलाई ५० प्रतिशत अनुदानमा अन्न भकारी वितरण भइरहेको उहाँको भनाइ छ । 

कैलालीको धनगढीबाट आयातीत गरिएका २०० अन्न भकारी कृषकलाई वितरण गरिने निमित्त प्रमुख जोशीको भनाइ छ । एक कृषि समूहका २५ जनाका दरले प्रत्येक कृषि समूहका कृषकलाई अन्न भकारी वितरण गरिनेसमेत उहाँले जानकारी दिनुभयो । 

धातुबाट निर्माण गरिएको उक्त मेटल सिडबिन अर्थात् धातु भकारीमा बीउ राख्दा लामो समयसम्म केही नहुने, घुन, पुतली र मुसाबाट सजिलै बचाउन सकिने उहाँले बताउनुभयो । आफ्ना मागका आधारमा अन्न भकारी उपलब्ध गराएको भन्दै कृषक उत्साहित भएका छन् । रासस

Logo