सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवास सर्ने तयारी

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवास सर्ने तयारी

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना निजी सामानहरू धापासीस्थित निजी निवासतर्फ सार्न थालेकी छन्।

नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण नजिकिँदै गर्दा उनले आफ्नो कार्यकाल समाप्त गर्नेसँगै सरकारी निवास छाड्ने तयारी गरेकी हुन्। प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार १३ गतेसम्म बसाइ रहने भएकाले दैनिक प्रयोगका केही सामान भने बालुवाटारमै रहनेछन्, अन्य सामान भने क्रमशः सारिँदैछ।

१३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण शितलनिवासमा हुने तय भएपछि कार्कीले त्यसअघि नै आवश्यक व्यवस्थापन मिलाइरहेकी हुन्। शपथ समारोहमा सहभागी हुन शितलनिवास पुगेपछि उनी पुनः बालुवाटार नफर्किने स्रोतले जनाएको छ।

शपथ ग्रहण सम्पन्न भएसँगै उनी स्वतः पदमुक्त हुने र त्यहीँबाट सीधै धापासीस्थित निजी निवास जाने तयारीमा रहेको बताइएको छ।

Logo