सिलाम साक्मा लगाएर बालेन पुगे शपथ समारोहमा

सिलाम साक्मा लगाएर बालेन पुगे शपथ समारोहमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा पुगेका छन् ।

उनी सिलाम साक्मा लगाएर प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिन सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा पुगेका हुन् ।

किराती संस्कृतिमा सिलाम साक्मालाई शुभको संकेत मानिन्छ । मृत्यु र अपशकुनको बाटो छेक्ने पवित्र संकेत मानिन्छ । ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ रोक्नु हो । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा ‘सिलाम साक्मा’ लाई लिइन्छ । प्रसिद्ध तङ्सिङ तक्मा अनुष्ठानसँग ‘सिलाम साक्मा’ जोडिन्छ ।

Logo