सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

केन्द्रबिन्दु
21
Shares

चितवन। जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन ।

शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षामा सामुदायीक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन लागेका हुन ।

यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका १० , रत्ननगरकै गायत्री बेद विद्या गुरुकुलमका १४ , भरतपुरको बैकुण्ठ प्रम बैद्धिक बिद्या प्रतिष्ठानका ७ र भरतपुरको परभानन्द स्मृति बैद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परिक्षामा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ , देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यामिक बिद्यालयका ११ जना बिद्यार्थी सहभागी हुने छन् ।

एकाईका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ विद्यालयका १२ हजार ३४९ जना विद्यार्थी परिक्षामा सहभगी हुँदै छन् । यस मध्ये १० हजार ५०० जना नियमित हुन भने १ हजार ८४९ ग्रेड बृद्धिका बिध्यार्थी रहेको उनले बताए। परीक्षामा सहभागी हुने मध्ये प्राबिधिक धारका ३४४ जना, धार्मिक विद्यालयका ११० जना, दृष्टि विहीन ३ जना, सुस्तश्रवण ८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

उहाँका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थीहरुले परीक्षामा सहभागी हुने छन् । ३४ सामुदायिक बिद्यालय र ८ संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष नियुक्तिको प्रकृया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उनले बताए। उनका अनुसार गत वर्षको एसईईमा भन्दा यस वर्ष ७ विद्यार्थीकम सहभागी हुन लागेका छन् ।

Skip This
Skip This
Logo