वाडा अटो शो, पोखरामा लक्ष्मी ग्रुपका विशेष अफरहरू घोषणा

वाडा अटो शो, पोखरामा लक्ष्मी ग्रुपका विशेष अफरहरू घोषणा

केन्द्रबिन्दु
33
Shares

पोखरा । हुण्डाई, फोर्थिङ र काई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ ।

चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा आयोजना हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान ल्याएको छ।

फोर्थिङ फ्राइडे मा ७ लाख रुपैयाँसम्मको लाभका साथै यसमा ६४.४ केडब्लुएच क्षमताको उत्कृष्ट ब्याट्रीसहित उपलब्ध छ । १८५ एमएम ग्राउण्ड क्लियरेन्स र डब्लुएलटीपी अनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम इभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएको छ—उत्कृष्ट प्रदर्शन, सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको संयोजन प्रस्तुत गर्दै।

फोर्थिङका साथै, लक्ष्मी ग्रुपले वाडा अटो शोमा आफ्नो हुण्डाई र काई लाइनअपमा पनि आकर्षक अफरहरू ल्याएको छ। कम्पनीले पोखराबासीलाई आफ्नो स्टलमा आएर यस अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ।

Logo