काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले नवगठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह र उनको मन्त्रिमण्डललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री साहको नेतृत्वमा बनेको नयाँ टिमलाई स्वागत गर्दै नेता बस्नेतले यो नयाँपन र युवा नेतृत्व देशका लागि सुखद भएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सचिव बस्नेतले भने, “आजको दिनमा युवा मन्त्रीमण्डल आशा पनि र परीक्षा पनि हो। देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईँहरूको काँधमा छ।”
बस्नेतले नयाँ सरकारका सामु अवसरसँगै गम्भीर चुनौतीहरू समेत रहेको औँल्याएका छन् । अनुभवको कमीलाई निरन्तर सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्न सुझाव दिँदै उनले हरेक कदम सम्हालिएर अगाडि बढाउन आग्रह गरे । “जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै अगाडि बढ्नुहोला,” उनले शुभकामना सन्देशमा भनेका छन् ।





























प्रतिक्रिया