काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका बालेन्द्र (बालेन) शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक बधाई दिएका छन् ।
शुक्रबार एक विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शाहको कार्यकालको सफलताको कामना गरेका हुन् । सामाजिक सञ्जालमार्फत शाहलाई सम्बोधन गर्दै मोदीले भनेका छन्, “नेपालको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएकोमा श्री बालेन्द्र शाहजीलाई म हार्दिक बधाई ज्ञापन गर्दछु।”
प्रधानमन्त्री मोदीले शाहको यो नयाँ जिम्मेवारीले नेपाली जनताले उनको नेतृत्वप्रति देखाएको ठुलो विश्वास र भरोसालाई प्रतिविम्बित गरेको उल्लेख गरेका छन् । उनले नेपाल र भारतबीचको ऐतिहासिक मित्रता र सहयोगका क्षेत्रहरूलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितका लागि आफू नयाँ सरकारसँग निकट रहेर काम गर्न उत्सुक रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शाह आजै (शुक्रबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा मुलुकको कार्यकारी प्रमुखको रूपमा नियुक्त भएका हुन् । ३५ वर्षीय शाह नेपालको इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् ।





























प्रतिक्रिया