काठमाडौं ।
क्रम्पटनले नेपालमा नै पहिलो पटक १ लिटरको इन्स्ट्याण्ट गिजर बजारमा ल्याएको छ । चिसो मौषमलाई मध्यनजर गर्दै क्रम्पटनले उक्त गिजर बजारमा ल्याएको हो ।
किचन सैलुन र व्यूटीपार्लरहरुमा प्रयोग गर्न सकिने गिजर निकै उपयोगि हुने विश्वास कम्पनीले गरेको हो । गुणस्तरिय सेवा प्रदान गर्दै आएको क्रम्पटनले नेपाली बजार र उपभोक्तालाई मध्यनगर गर्दै बाथरुमका लाग्ी १०, १५, २५, ३५ र ५० लिटर सम्मका गिजर पनि बजारमा ल्याएको छ ।
त्यसैगरि किचनका लागी १ र ३ लिटरका गिजरहरु पनि बजारमा ल्याएको कम्पनीले जनाएको छ । सेभ ईन्टरप्राइजेजका प्रमुख संजय श्रेष्ठका अनुसार गिजरहरुमा निरन्तर रुपमा तोतोपानी प्रवाह हुने विशेषता छ ।































प्रतिक्रिया