ओली–लेखक पक्राउबारे गोकुल बास्कोटाले भने- बालेन युग होइन, ब्याकहोलतिर जाने देखियो

ओली–लेखक पक्राउबारे गोकुल बास्कोटाले भने- बालेन युग होइन, ब्याकहोलतिर जाने देखियो

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र राजनीतिक दिशाप्रति कडा टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि बालेनले ल्याउने भनिएको नयाँ युगको चर्चालाई व्यङ्ग्य गर्दै बास्कोटाले यो यात्रा सुधारभन्दा पनि पश्चगमन (“ब्याकहोल”) तर्फ मोडिएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले बालेनको उदय र त्यसपछिका घटनाक्रमलाई ‘पार्ट-टु’ को संज्ञा दिँदै अब ‘पार्ट-थ्री’ कति समयमा पुग्ने हो भन्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्, “बालेन युगमा जान्छ भन्थे, ब्याकहोलतिर जाने देखियो। पार्ट टु भनौं होला। पार्ट थ्री कति समयमा पुग्ने हो?”

Logo