पोखरा
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कंगाल बनाउने वर्तमान सरकारका निर्णय आगामी सरकारले उल्टाउँने चेतावनी दिएका छन् । सामुदायिक रेडियो प्रसारक संघको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्न पोखरा पुगेका ओलीले यस्तो बताएका हुन् । साधारणसभा उद्घाटन समारोहमा बोल्दै ओलीले पपुलिस्ट हुने नाममा वर्तमान सरकारको राज्य कोषमा भार पर्ने निर्णय अस्वीकार गर्ने बताए ।
भूकम्पपीडितलाई थप एक लाख दिने निर्णय प्रति लक्षित गर्दै उनले वर्तमान सरकारले गरेको एउटा निर्णयले राज्यकोषमा ९० अर्ब बोझ परेको भन्दै यस्तो दुरगामी असर पर्ने निर्णय गर्ने नैतिक आधार वर्तमान सरकारसँग नभएको बताए। वाम गठबन्धनको सरकार बन्ने निस्चित भएका बेला सरकारले बाधा अड्काउ फुकाउने काम मात्र गर्न सक्ने भन्दै ओलीले जनमतको कदर गर्न आग्रह गरे ।
अन्नपूर्णबाट





























प्रतिक्रिया