कालीगण्डकी नदीमा ‘-याफ्टिङ’ सुरु

कालीगण्डकी नदीमा ‘-याफ्टिङ’ सुरु

केन्द्रबिन्दु
21
Shares

पर्वत । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘-याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा -याफ्टिङ सुरु गरिएको हो ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से–नयाँपुल खण्डमा -याफ्टिङको शुभारम्भ गरेको छ ।

¥याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको कार्यक्रममा ३८ जनाले सहभागिता जनाएका छन् । समितिका अनुसार पोखरादेखि करिब दुई घण्टाको यात्रामा पुगिने यो रुट साहसिक पर्यटनका लागि उपयुक्त मानिएको छ ।

फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा -याफ्टिङ गर्न करिब १ घण्टा ३० मिनेट लाग्छ । विदेशी पर्यटकका लागि नयाँपुलदेखि रिडीसम्म तीन दिनको प्याकेज पनि सञ्चालनमा ल्याइएको छ ।

कात्तिक र चैतलाई -याफ्टिङका लागि उपयुक्त मौसम मानिन्छ । कालीगण्डकीको जलयात्रासँगै आसपासको प्राकृतिक दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo