गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
6
Shares

गुल्मी । चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

शनिबार साँझ चन्द्रकोटबाट शान्तिपुरतर्फ जाँदै गरेको लु१ज १८३४ नम्बरको जिपले बाटो काट्दै गरेकी ५५ वर्षीया तुलसी थापालाई रिपाहा क्षेत्रमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते थापालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज लगिएको थियो । तर उपचारका क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ भने सवारीसाधन पनि जाँचका लागि रोकिएको छ ।

Logo