काठमाडौँ । सरकारले हाल रहेको २५ मन्त्रालयलाई घटाएर १७ मा सीमित गर्दै मन्त्रालयहरूको सङ्ख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालय संख्या घटाउने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअन्तर्गत मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने व्यवस्था गरेको हो।
मन्त्रालयहरूको पुनरावलोकनका क्रममा हाल कायम रहेका दरबन्दीहरूको समेत व्यवस्थापन गरिने र सेवा प्रवाहमा असर नपर्ने गरी बढुवा व्यवस्थापन गरिने उल्लेख गरिएको छ।
यसका साथै सेवा निरन्तरताका लागि सङ्क्रमण मार्गचित्र तयार गर्ने, जनशक्ति, बजेट तथा कार्यक्रम व्यवस्थापन मिलाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा “पुनर्संरचना व्यवस्थापन सचिवालय” गठन गरिने पनि निर्णय गरिएको छ।





























प्रतिक्रिया