ओलीको रिहाइको माग गर्दै एमालेले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुझायो ज्ञापनपत्र

ओलीको रिहाइको माग गर्दै एमालेले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुझायो ज्ञापनपत्र

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै पार्टीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा कारबाही सिफारिस भएका तत्कालिन प्रधानमन्त्री ओली हिजो निवासबाटै पक्राउ परेका थिए । पार्टी अध्यक्ष नैपक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

Logo