काठमाडौँ । सरकारले उद्यमशीलता प्रवर्द्धन र लगानी वातावरण सुधार गर्ने उद्देश्यसहित व्यवसाय दर्ता तथा सेवा प्रक्रियालाई सरल र छिटो बनाउने निर्णय गरेको छ। सरकारद्वारा सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो।
यसअन्तर्गत व्यवसाय दर्ता प्रक्रियालाई झन्झटरहित र दुई दिनभित्र सम्पन्न गर्न ‘Startup Fast Track’ प्रणाली लागू गरिनेछ।
त्यसैगरी, साना तथा मझौला उद्योग (SME), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले जोखिम भार (Risk Weightage) ३० दिनभित्र घटाउने उल्लेख छ।





























प्रतिक्रिया