काठमाडौँ
सरकारी अस्पताल ट्रमा सेन्टर वीर अस्पतालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले स्पाइनल इन्जुरी, मृगौला र क्यान्सरको उपचार गराइरहेका २७ जना बिरामीलाई जीविको पार्जन भत्ता हस्तान्तरण गरेका छन् । "/>

दीर्घरोगी बिरामीलाई जीविकोपार्जन भत्ता वितरण शुरु

दीर्घरोगी बिरामीलाई जीविकोपार्जन भत्ता वितरण शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारी अस्पताल ट्रमा सेन्टर वीर अस्पतालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले स्पाइनल इन्जुरी, मृगौला र क्यान्सरको उपचार गराइरहेका २७ जना बिरामीलाई जीविको पार्जन भत्ता हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगी ट्रमा सेन्टरमा स्पाइनल इन्जुरी भै प्यारालाइसिसको उपचार गराइरहेका ६ जना र वीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ११ जनालाई तथा मृगौलाको उपचार गराइरहेका १० जना गरी २७ जना बिरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरी बिरामीको जीविकोपार्जन भत्ता वितरणको उद्घाटन गरेका हुन् ।

बिरामीलाई चेक हस्तान्तरण गर्दै प्रधानमन्त्री देउवाले जटिल रोगबाट पीडित बिरामीका लागि राज्यका तर्फबाट थोरै भए पनि राहत दिन भत्ताको व्यवस्था गरिएको जानकारी गराए । प्रधानमन्त्री देउवाले विपन्न नागरिक कोषमा जम्मा भएको रकम वितरण गर्दा पछिल्लो सरकारलाई भार नभई बिरामीलाई राहत पुग्ने बताए । उनले भने – ‘हामीले सूर्तिको कर बढाएका छौं र त्यसैबाट उपलब्ध हुने रकमबाट यसको व्यवस्थापन गरिनेछ।’
नेपाल समाचारपत्रबाट

Logo