एमाले सिरहाका नेता साह रास्वपा प्रवेश

एमाले सिरहाका नेता साह रास्वपा प्रवेश

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सिरहा एमालेका नेता एवं सिटिइभिटी मधेश प्रदेशका पूर्वनिर्देशक नागेन्द्र प्रसाद साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

एमालेको संगठित सदस्य हुँदै पार्टीको विभिन्न जिम्मेवारी बहन गरेका साहलाई रास्वपाका उपसभापति डिपी अर्यालले पार्टीको लोगोसहितको ब्याच लगाइदिँदै स्वागत गरेका हुन्। सो अवसरमा पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीसमेत उपस्थित थिए।

अगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी साह रास्वपा प्रवेश गरेका बताइएको छ। उनकी श्रीमती बबिता कुमारी साह सिरहा नगरपालिकाकी उपमेयर हुन्। २०७९ को निर्वाचनमा साहले मेयरको टिकट नपाएपछि बबितालाई एमालेले उपमेयरको टिकट दिएको थियो।

सिरहा नगरपालिका– १० नरैहिया घर भएका साह फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सिरहा ३ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठलाई जिताउन सक्रियतापूर्वक खटिएका थिए।

अगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी साह रास्वपा प्रवेश गरेका बताइएको छ।

Logo