कर्णाली। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गरेका छन् भन्ने जानकारी सभामुख नन्दा गुरुङले दिएका छन् ।
सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन भएका प्रमुख कार्यमध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको बताएका छन् । त्यस्तै, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल भएको र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार गरिएको छ बुँदे संकल्पपत्र पनि सभामा प्रस्तुत गरिएको उनले बताएका छन् ।
सभामुख गुरुङका अनुसार सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि चैत १५ गतेसम्म बसेको थियो । यस अवधिमा कुल १० वटा बैठक बसेका थिए र १३ घण्टा ४२ मिनेट समय व्यतित भएको थियो ।































प्रतिक्रिया