काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूको युनियन भंग गरिएको छ । आइतबार जारी सूचनामार्फत अध्यक्ष राजु ओलियाले युनियन विघटन भएको जानकारी दिएका हुन् ।
नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारी युनियनहरू खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई समर्थन गर्दै परीक्षा बोर्डको युनियनले आफैँ भंग हुने निर्णय लिएको हो ।
अध्यक्ष ओलियाका अनुसार सरकारको शासकीय सुधार, प्रशासनिक पुनर्संरचना र मितव्ययिता केन्द्रित योजनालाई सहयोग गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो । उनले सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यले युनियन विघटन गरिएको बताएका छन् ।
सरकारले चैत १३ गते स्वीकृत गरेको एक सय बुँदे कार्यसूचीअन्तर्गत प्रशासनिक सुधारसम्बन्धी बुँदा कार्यान्वयन गर्ने क्रममा कर्मचारी युनियन खारेज गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार चैत १५ गतेदेखि राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन औपचारिक रूपमा भंग भएको हो ।































प्रतिक्रिया