इनरुवा (सुनसरी) । इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरीको ज्यान गएको हो । सोमबार राति भएको दुर्घटनामा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार चौधरी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो । त्यसैगरी, मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया