काठमाडौं
एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले दुई हजार एक सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको विक्री गरेको थियो ।
यो उपलब्धीसँगै एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको छ । एमएडब्लु जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्यसमेत बनेको छ । जेसीबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा दुई हजार वटा मेसिन विक्री गरेको यो पहिलो अवसर हो ।
जेसीबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरे ।
यसका साथै, एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर विक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो ।
जेसीबी इन्डिया लिमिटेड बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । सन् १९४५ मा स्थापना भएको जेसीबी लिमिटेडका संस्थापक जोसेफल सिराइल बम्फार्डले सन् १९५३ मा ब्याकहो लोडरको आविष्कार गरेका थिए ।





























प्रतिक्रिया