प्रधानमन्त्री बालेनसँगकाे भेटमा के भने राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ?

प्रधानमन्त्री बालेनसँगकाे भेटमा के भने राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ?

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच आज प्रधानमन्त्री निवासमा विशेष भेटवार्ता भएको छ ।

भेटवार्तामा कर्णाली प्रदेशको समग्र विकाससहित नेपालको दिगो आर्थिक र सामाजिक समृद्धिका विषयमा सघन छलफल भएको छ। भेटपछि प्रतिक्रिया दिँदै नेता शाहीले प्रधानमन्त्रीसँगको संवाद अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान रहेको बताए । छलफलका क्रममा उनले कर्णाली प्रदेशको समावेशी विकासमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने स्पष्ट दृष्टिकोण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन‍‍् ।

सो अवसरमा नेता शाहीले विकासका आधारभूत संरचनाको सुदृढीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार, स्वदेशमै रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनका विषयमा विशेष जोड दिएका थिए । साथै, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने रणनीतिका बारेमा समेत विचार विमर्श भएको छ।

Logo