नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको नाम ‘मुजिव वर्ष सिरिज’

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको नाम ‘मुजिव वर्ष सिरिज’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको नाम ‘मुजिव वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ रहने भएको छ । बंगालदेश फुटबल फेडेरेशन (विएफएफ) ले आइतबार नेपालविरुद्धको दुई मैत्रीपूर्ण खेलको नाम घोषणा गरेको हो ।

बंगलादेशका राष्ट्रपिता भनेर चिनिने बंगबन्धु शेख मुजीबुर रहमानको १०० औं जयन्तीको अवसरमा मैत्रीपूर्णको नाम घोषणा गरिएको हो । बीएफएफका अध्यक्ष काजी मोहम्मद सलाहुद्धिनले मैत्रीपूर्णको नाम घोषणा गरेका थिए ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।

Skip This
Skip This
Logo