७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७ हजार ४ सय रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो ।

सुन आज तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ रहेको थियो ।

Logo