लालझाडीमा सिकलसेल र थालासेमिया परीक्षण, ४१ जनामा ट्रेट देखियो

लालझाडीमा सिकलसेल र थालासेमिया परीक्षण, ४१ जनामा ट्रेट देखियो

केन्द्रबिन्दु
12
Shares

कञ्चनपुर। लालझाडी गाउँपालिका–शङ्करपुरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा भएको शिविरमा ३९४ महिला र १२६ पुरुषको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ४१ जनामा सिकलसेल वा थालासेमियाको ट्रेट (बाहक) देखिएको छ।

ट्रेट देखिएका २९ महिला र १२ पुरुषलाई थप पुष्टि परीक्षणका लागि धनगढीस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

यी दुवै रोग आनुवंशिक भएकाले समयमै पहिचान र सावधानी अपनाउन आवश्यक हुन्छ। विशेषगरी ट्रेट भएका व्यक्तिहरूबीच विवाह भएमा सन्तानमा रोग देखिने सम्भावना बढी हुने भएकाले परीक्षण महत्वपूर्ण मानिन्छ।

यस्तै, सोही क्षेत्रमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २४८ जनाले सेवा लिएका छन्। परीक्षणका क्रममा २८ जनामा मोतिबिन्दु देखिएकाले शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने ३८ जनालाई चस्मा वितरण गरिएको छ।

Logo