बादल बने एमालेका संसदीय दल नेता, सुहाङले पाएनन् समर्थक र प्रस्तावक !

बादल बने एमालेका संसदीय दल नेता, सुहाङले पाएनन् समर्थक र प्रस्तावक !

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ बनेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता चयनका लागि आज च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र युवा नेता सुहाङ नेम्वाङ दुवैले संसदीय दलको नेतामा आफ्नो अडान राखेका थिए ।

सहमति नजुटेपछि संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया अघि बढेको थियो। तर सांसदहरू बादल र सुहाङ नेम्वाङले फारम लगे पनि बादलले मात्रै बुझाएका हुन् । अपराह्न ४ बजेसम्म फारम बुझाउने समय थियो। सुहाङले समर्थक र प्रस्तावक नपाएपछि उनले फारम नै बुझाउन सकेनन् । बादल समानुपातिकतर्फबाट एमाले सांसद बनेका थिए।

Skip This
Skip This
Logo