काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षको माहोल बिहीबार अलि भिन्न देखियो। प्रतिनिधि सभाको पहिलो बैठक सकिएर नेताहरू बाहिरिने क्रम जारी थियो। ठिक त्यति नै बेला एउटा यस्तो दृश्य देखियो, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङकाे ।
उनीहरु संसद भवनको मुख्य ढोकाबाट सँगै बाहिरिए । दुवै नेताहरू निकै हँसिलो मुद्रामा संवाद गर्दै बाहिरिएको यो दृश्यलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिएको छ। सदनबाट बाहिरिने क्रममा प्रधानमन्त्री बालेनले साम्पाङको काँधमा हात राख्दै केही बेर ठट्टा समेत गरेका थिए।

विगतमा सामाजिक सञ्जालमार्फत केही नीतिगत विषयमा जुहारी खेल्ने गरेका यी दुई चर्चित नेताहरू राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेपछि पहिलोपटक यसरी सार्वजनिक रूपमा सँगै देखिएका हुन्। बालेन शाह हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै देशको कान्छो प्रधानमन्त्री बनेका हुन् भने साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टीबाट संसदमा उपस्थिति जनाएका छन्।
































प्रतिक्रिया