भक्तपुर 

यहाँका एक वृद्धले सत्तरी वर्षको उमेरमा सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन्  । "/>

महेश बस्नेतका ७० वर्षीय पिताले उतीर्ण गरे परीक्षा !

महेश बस्नेतका ७० वर्षीय पिताले उतीर्ण गरे परीक्षा !

केन्द्रबिन्दु
0
Shares

भक्तपुर 

यहाँका एक वृद्धले सत्तरी वर्षको उमेरमा सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन्  । सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले आज ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले आज प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे । 

उनी एमालेको तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता समेत हुन् । पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका पूर्णबहादुरले स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको बताए ।

पूर्णबहादुरले छोरा महेशले दिएको सुझावको स्मरण गर्दै भने, “धेरै पटक स्कुटरमा पशुपति, डोलेश्वर, आशापुरीलगायत मन्दिर पुगेको छु, कहिलेकाहीँ गाउँमा स्कुटर चलाउँदा छोरा महेशले लाइसेन्स नभई स्कुटी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ ।” 

कुनै घटना भइहाले पूर्वमन्त्री, सांसदका बाबुले लाइसेन्सविना स्कुटी चलाए भनेर खबर जाला भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो । बस्नेतले राधेराधेस्थित इजीवे ट्रायल सेन्टरमा एक साता परीक्षासम्बन्धी ज्ञान लिएपछि पहिलो पटकमै लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको सञ्चालक निर्भयबाबु प्रसार्इंले जानकारी दिए । रासस

Skip This
Skip This
Logo