चर्चित हाँस्यकलाकार सागर लम्साल (बले) माथि बलात्कारको आरोप

चर्चित हाँस्यकलाकार सागर लम्साल (बले) माथि बलात्कारको आरोप

केन्द्रबिन्दु
174
Shares

काठमाडौं। चर्चित हाँस्य कलाकार सागर लम्साल ‘बले’माथि अमेरिका बस्ने एक युवतीले बलात्कारको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टमा वर्ष दिनअघि पारिवारिक चिनजानकै सम्बन्धका क्रममा आफूलाई लम्सालले जबर्जस्ती करणी गरेको दाबी गरेकी हुन्।

पोस्टअनुसार दुवैबीच पहिले नै पारिवारिक परिचय थियो र युवतीले उनलाई “दाइ” भनेर सम्बोधन गर्ने गर्थिन्। लम्साल अमेरिका पुगेका बेला भेट भएको र सोही क्रममा भेटघाट भएको बताइएको छ। मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेको अवस्थामा पारिवारिक सल्लाहमै भेट गर्न पुगेको र त्यसपछि घटना भएको उनको आरोप छ।

उक्त आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केही प्रयोगकर्ताले कानुनी प्रक्रियामा जान सुझाव दिएका छन् भने कतिपयले विषयबारे थप स्पष्टता माग गरेका छन्।

यस विषयमा सागर लम्सालले हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

यो घटना सार्वजनिक भएसँगै विषय सामाजिक सञ्जालमा बहसको केन्द्र बनेको छ।

Logo