सिजी ब्रान्डले नयाँ वर्षलक्षित ल्यायाे आकर्षक योजना

सिजी ब्रान्डले नयाँ वर्षलक्षित ल्यायाे आकर्षक योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर “एक्सपिरियन्स लाइफ विथ सिजी” नामक विशेष अभियान सार्वजनिक गरेको छ।

आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस विशेष योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता विभिन्न घरायसी उपकरणहरूको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यस योजनामा ग्राहकहरूलाई अधिकतम रु. ५६,००० सम्मको आकर्षक क्यासब्याक सुविधा उपलब्ध गराइएको छ, जसले उच्च मूल्यका उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाएको छ। यसका साथै, वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडानको आकर्षक सुविधा समेत प्रदान गरिएको छ।

कम्पनीले जनाए अनुसार यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ।

ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले यस योजनामा ‘सिजी इलेक्स ईएमआई’ सुविधा पनि समावेश गरिएको छ। यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। यसले उपभोक्तालाई आवश्यक प्रविधिमा सहज पहुँच प्रदान गर्दै आधुनिक जीवनशैलीलाई अझ सरल, प्रभावकारी र आर्थिक रूपमा सहज बनाउने विश्वास कम्पनीले लिएको छ।

नेपाली बजारमा निरन्तर विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी ब्रान्डको यस नयाँ वर्ष अभियानले ग्राहकको दैनिक जीवनमा थप सुविधा, मूल्य र सन्तुष्टि प्रदान गर्ने अपेक्षा गरिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।

Logo