कृषिदेखि पूँजी बजारसम्मः यस्ता छन् वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठका प्रतिबद्धता

कृषिदेखि पूँजी बजारसम्मः यस्ता छन् वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठका प्रतिबद्धता

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नरेशलाल श्रेष्ठ नेपाली उद्योग र व्यवसायको क्षेत्रमा एक परिचित र प्रभावशाली व्यक्तित्व हुन् । दशकौँदेखि देशको आर्थिक विकास, औद्योगिक प्रवद्र्धन र व्यापारिक रणनीतिमा सक्रिय श्रेष्ठले आफ्नो व्यावसायिक कुशलता र दूरदर्शी नेतृत्वका कारण उद्योग जगतमा एक विशिष्ट पहिचान बनाउन सफल भएका छन् ।

बागमती पेपर इन्डस्ट्रीजको अध्यक्ष हुँदै बागमती आट्र्स एण्ड ह्यान्डिक्राफ्ट्सको प्रोपाइटर, ब्राइट पावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, शुभ लक्ष्य डेभलपर्स प्रा.लि.को अध्यक्ष, स्वर्णिम होटल लिमिटेडको अध्यक्ष तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालकका रूपमा उनले विभिन्न क्षेत्रमा योगदान पु-याउँदै आएका छन् । यतिबेला उनी नेपाल उद्योग वाणिज्य महासंघ को ६०औं वार्षिक साधारण सभा तथा चैत २९ र ३० गते हुने निर्वाचनमा हेमराज ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्वात गरिएको छ । यसैगरी सदस्यहरुमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन् । यस्तै, महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।

वस्तुगतफर्तको सबै क्षेत्रलाई समावेश गरेर बनाइएको सो समूह सबैभन्दा शसक्त र वलियो रहेको छ । श्रेष्ठले नेपालको निर्यात प्रवद्र्धन, ठूला उद्योगको विस्तार, र व्यवसायी मैत्री नीति निर्माणमा विशेष प्रतिवद्धता जनाएका छन् । उनले उत्पादनमूलक उद्योगको विकास, निर्यातजन्य वस्तुमा अनुदान, र अर्थतन्त्रको सुधारका लागि ठोस कार्ययोजनासहित सक्रिय भूमिका खेल्ने बताका छन् ।

यस्ता छन्, श्रेष्ठका प्रतिवद्धता

पशुपंक्षी तथा दुग्ध क्षेत्रको रूपान्तरण-

१.कृषिलाई व्यावसायिक उद्योगका रूपमा स्थापित गर्न निरन्तर सक्रिय रहने ।
२.कृषि प्रयोजनका लागि हदबन्दी खुकुलो बनाउने, भूमि बैंकको व्यवस्था गरी बाँझो जमिनको सदुपयोग गराउन र कृषि उद्योगलाई न्युन दरमा ऋण उपलब्ध गराउन पहल गर्ने । न्यूनतम समर्थन मूल्यको सुनिश्चितता र सरकारी खरिद प्रणाली लागू गराउन पहल गराउने ।
३. मल, बीउ र दाना आयातमा खुला नीति र अनुदानको व्यवस्था गरि उत्पादन लागत घटाउन पलह गर्ने ।
४. दुग्ध पदार्थमा लागेको भ्याट पूर्ण स्पमा हटाउन र डेरी उद्योगको विद्युत महसुलमा छुट दिलाउन पहल गर्ने ।
५ . कृषि व्यवसायको सूचना प्रवाहका लागि एकीकृत मोबाइल एपलाई प्रयोगमा ल्याई किसानको पहुँचसम्म पर्याउन पहल गरिने । आयातीत बिउलाई निरूत्साहित गरी रैथाने बिउ प्रवद्र्धन गर्न भूमिका खेलिने । कृषि शित भण्डारणहरुमा प्रयोग भएको विद्युत महसुललाई घटाइ बैकल्पिक उर्जालाई पनि समावेस गर्ने, सबैको पहुँच हुने वातावरण तय गर्ने ।

स्वास्थ्य र शिक्षा

१.स्वास्थ्य क्षेत्रलाई प्राथमिकता प्राप्त संवेदनशील क्षेत्रको मान्यता दिलाउने छ । स्वास्थ्य बीमालाई सरकारी क्षेत्रसहितको सहकार्यमा थप प्रभावकारी बनाई आम नेपालीको पहुँचमा स्वास्थ्य उपचार हुने गरी गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता कायम गरिने ।
२.स्वदेशी औषधि र उपकरण उत्पादनमा आत्मनिर्भरता बढाउन आयातीत कच्चा पदार्थ र मेसिनरीमा भन्सार तथा भ्याट हटाउन पहल गरिनेछ ।
३.औषधी, स्वास्थ्य उपकरण, आयुर्वेद, भेटेरिनरी र कस्मेटिक तथा स्वास्थ्य संस्था जस्ता क्षेत्रलाई विशेष व्यवसायीको रूपमा पहिचान र संरक्षण गर्न भूमिका खेलिनेछ । सो को लागि निजि मैत्री नितिको पैरवी गरिने छ ।
४. शिक्षा क्षेत्रमा समय सापेक्ष निजि क्षेत्र मैत्री शिक्षा नीति ल्याउन पहल गरिनेछ ।
५.स्वास्थ्य र शिक्षा क्षेत्रलाई सरकारी प्राथमिकतामा राख्न पहल गरिनेछ ।

ऊर्जा क्षेत्र

१.ऊर्जा उत्पादन र औद्योगिक विकासलाई आपसमा जोडेर राष्ट्रिय समृद्धिको आधार सुदृढ गर्ने । स्वदेशी ऊर्जा–स्वदेशी उद्योग अभियान चलाउने ।
२. नेपाल आयल निगमलाई पब्लिक प्राइभेट पार्टनशिपमा लैजाने
३. पेट्रोलियम पदार्थको स्वचालित मूल्य वैज्ञानिक मूल्य
४. पेट्रोलियम क्षेत्रमा निजी क्षेत्रको प्रवेशको मागः विद्युत क्षेत्रमा लगानी बढाउन प्रक्रियागत झन्झटलाई हटाउँदै एकद्वार प्रणालीबाट प्रक्रियागत सेवा उपलब्ध दबाब दिइनेछ । ट्रान्समिसन लाइनका पूर्वाधारमा सुधार ल्याई उत्पादित विद्युत निर्यातलाई सहज बनाउन भूमिका खेलिनेछ ।
५. सरकार र नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी उद्योग–ऊर्जा सम्बन्ध सुदृढ बनाउने । ऊर्जा क्षेत्रका मुद्दा नीति निर्माण तहमा प्रभावकारी रूपमा उठाउने ।

पर्यटन/हस्पिटालिटी

१. पर्यटन क्षेत्रमा लगानी बृद्धि गर्न भुमिका खेलिनेछ ।
२.बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गरिं पर्यटक संख्या बढाउनका लागि नेपालमा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान तिनीहरुको प्रवद्र्धन र पुर्वाधार विकासमा गरिनेछ ।
३.चेन होटल तथा बाह्य लगानी भित्रय पहल गरिनेछ ।
४.पर्यटन पूर्वाधारको विकास र हवाई बढाउन भुमिका खेलिनेछ ।
५.पर्यटन प्रवद्र्धन गरी रोजगारी बढाउने र विदे मुद्रा आर्जन बढाउन पहल गरिनेछ । आतिथ्यता क्षेत्रलाई थप व्यवस्थित गरी पर्य मैत्री नीति नियम बनाउन पहल गरिनेछ ।

उद्योग र उत्पादन

१.नेपालको उद्योग र उत्पादन क्षेत्रका समस्याहरुको पहिचान गरी दीर्घकाल समाधानमा ठोष पहल गरिनेछ ।
२. नीतिगत अस्थिरता र झन्झटिलो नीति, बारम्बार परिर्वतन हुने नीति नियमले उद्योग क्षेत्रलाई निरूत्साहित गर्ने काम भएकाले उद्योगमैत्री र दीर्घकालीन नीतिमा पहल गरिने । उद्योग दर्तालाई एकद्वार प्रणाली लागू गराउन दर्ता, अनुमति र नवीकरण प्रक्रियालाई सहज बनाउन र अनलाइनबाटै सम्पूर्ण सेवा उपलब्ध गराउन भूमिका खेलिने ।
३.ऊर्जाको आपूर्ति, दर र विश्वसनीयतामा अनिश्चितता, कच्चा पदार्थ आयात निर्भरता र ढुवानी लागत महँगो, कमजोर पूर्वाधार, औद्योगिक क्षेत्र र भण्डारण सुविधा अभाव, श्रम विवाद, उत्पादकता कम र सीपयुक्त जनशक्ति अभाव लगायतका समस्या समाधान गर्न सरोकारवाला निकायसँग छलफल गरी उचित निकास खोजिने ।
४.कर प्रणालीलाई सहज र व्यवस्थित गरी कर बाध्यताले होइन रहर र खुसीले तिर्ने वातावरण बनाउन सरकारसँग पहल गर्ने ।

पूँजी बजार सुधार

१.धितोपत्र ऐन २०६३ र यस अन्तर्गतका नियमावलीहरुलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने ।
२. नयाँ वित्तीय उपकरणहरूको विस्तारः मार्जिन ट्रेडिङ, इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेलिङ, र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरु सञ्चालनमा ल्याउन धितोपत्र बोर्ड सँग विशेष समन्वय गर्ने ।
३. विशिष्टीकृत एक्सचेन्जको स्थापनाः कमोडिटिज, फरेन करेन्सी, र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताहरुबीच पुलको रूपमा नेतृत्वकारी भूमिका निर्वाह गर्ने ।

ऋणपत्र र मुद्रा बजारमा पहुँच

१. मुद्रा बजारका अल्पकालीन र दीर्घकालीन औजारहरुमा सर्वसाधारण लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न पहल गर्ने ।
२.पारदर्शिता र आचारसंहिताः पूँजी बजारको दिगो विश्वासका लागि सूचीकृत कम्पनी, ब्रोकर, मर्चेन्ट बैकर र लगानीकर्ताहरुका लागि स्पष्ट आचारसंहिता बनाई कडाइका साथ लागू गर्ने ।
३. प्रविधि र नियमनः अनलाइन कारोबार प्रणालीलाई थप सुरक्षित र पारदर्शी बनाउँदै प्रविधिमैत्री नियमन संयन्त्रको विकास गर्ने ।
४. साना लगानीकर्ताको सुरक्षाः लगानीकर्ताको हित रक्षा गर्दै बजारमा निहित जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्ने ।
५.अन्तर्राष्ट्रिय लगानीको ढोकाः गैरआवासीय नेपाली र विदेशी लगानीकर्ताहरुलाई नेपाली पूँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा दबाब दिने ।

पूँजी बजार र वित्तीय क्षेत्र एवं विमा क्षेत्र

१.धितोपत्र ऐन २०६३ लगायत नियमावली समयसापेक्ष परिमार्जन गर्न पहल गर्ने ।
२.अन्तराष्ट्रिय देशहरू भन्दा विमा पोलेसी प्रिमियम अत्यन्त महगो समय सान्दर्भिक बनाउने, कृषि उत्पादन, भण्डारण प्राथमिक्ता ।
३. मार्जिन ट्रेडिङ, इन्ट्रा–डे, सर्ट सेलिङ, इक्विटी डेरिभेटिभ्स, भ्त्ँ जस्ता उपकरण लागू गर्ने । कमोडिटिज एक्सचेन्ज, फरेन करेन्सी एक्सचेन्ज र बुलियन एक्सचेन्ज स्थापना र सञ्चालनमा पहल ।
४.साना मझौला व्यवसायका लागि छुट्टै बजार र पूँजी जुटाउने सरल व्यवस्थाको माग । सूचीकृत कम्पनी, दलाल र मर्चेन्ट बैंकरका लागि आचारसंहिता र पारदर्शिता ।

ढुवानी पारवाहन र भौतिक पूर्वधार

१.’फ्रेइट’मा लाग्ने टिडिएस समस्या समाधान गर्न आगामी बजेटमा विशेष पहल गरिनेछ । तातोपानी र केरूङ नाकाका आइसिडिहरुको पुनर्निर्माण र निर्माणाधीन क्ष्ऋए हरु तत्काल सञ्चालन गर्न सरकारलाई दबाब दिइने ।
२.भैरहवा र पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय व्यापारमैत्री बनाउन र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणलाई गति दिन पहल गरिने ।
३.अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्न सरकारलाई दबाब दिइने ।
४.सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल निर्माण गर्नका लागि सरकारलाई दबाब दिइने ।
५. लजिस्टिक सेक्टरमा हालै मात्र प्राप्त लजिस्टिक पोलिसिको कार्यान्वयन तथा सो सँग आवश्यक पर्ने अन्य ऐन तथा नियमावली संशोधन गर्न पहल गर्ने ।

घरजग्गा तथा निर्माण क्षेत्रको व्यावसायिकता उद्योग

१.घरजग्गा व्यवसायलाई उद्योगको मान्यता प्रदान गर्दै यसलाई कम्पनीमार्फत मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गरिने ।
२.घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन र बैंकिङ स्रोत घोषणामा देखिएका कठिनाइ समाधान गर्न पहल गरिने ।
३.कम्पनी ऐन २०७९ मा उद्योग सरह मान्यता दिए अनुरूप अरू उद्योग सरह नै सेवा–सुविधा र वित्तिय लागानी गर्नका लागि पहल गरिने ।

महिला उद्यमशीलता र समावेशी विकास

१.महिला उद्यमीका लागि दर्ता प्रक्रिया सहज बनाउन पहल गरिने ।
२.महिला उद्यमको प्रवद्र्धन गर्न तालिम तथा सिप विकास कार्यक्रम सञ्चालन गर्न भूमिका खेलिने ।
३.महिला उद्यमीद्वारा उत्पादित सामानको बिक्रीका लागि बजारीकरणमा भूमिका खेलिने ।

वैदेशिक रोजगार

१.अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम नेपाल वैदेशिक रोजगारको नीति बनाउन महासंघद्वारा पहल गरिनेछ ।

कला, संस्कृति र संगीत उद्योग

१.बौद्धिक सम्पत्तिको रक्षा र रोयल्टी व्यवस्थापनका लागि पहल हुने ।
२.देशभर आयोजना हुने मेला–महोत्सवमा प्रयोग हुने संगीतको रोयल्टी अनिवार्य भुक्तानी गर्ने व्यवस्थाका लागि पहल गरिने ।
३.सवारी साधन नवीकरण गर्दा संगीत रोयल्टी तिरेको प्रमाण अनिवार्य गर्ने कार्यविधि कार्यान्वयनमा महासंघले अभिभावकीय भूमिका निर्वाह गर्ने ।
४.प्रतिलिपि अधिकार ऐन २०५९ लाई समयसापेक्ष परिमार्जन गर्न समन्वय गरिने ।

Skip This
Skip This
Logo