दाङ ।
सल्यानमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार दुर्घटनामा परि २१ जना घाइते भएका छन् ।
बस सडकबाट डेढ सय मिटर तल बस खसेको डीएसपी भरतबहादुर विक बताए ।
यात्रुहरूको संख्या भने अहिलेसम्म यकिन भइनसकेको प्रहरीले जनाएको छ । उद्भार गरिएकाहरूको मोडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।































प्रतिक्रिया