एस के वैश्य, काठमाडौँ
मानव बेचबिखनको मुद्दामा धरौटीमा छुटेका वडाध्यक्षलाई पुनः अर्को मुद्दामा आज अदालत लगिँदै छ ।
भारतका विभिन्न चार स्थानमा कोठी संचाालन गरेको आरोप उनीमाथी लागेको थियो । उनले नेपालबाट चेलीबेटीलाई लगेर यौन व्यवसायमा लगाउँँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीमाथि मानव बेचविखनको मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जिल्ला अदालत काठमाण्डौमा दर्ता गराएको थियो ।
तर अदालतले त्योे मुद्दामा सुनवाई गर्दै ५ लाख धरौटीमा छोेड्ने फैसला गरेको थियो । अदालतले गत साता दर्ता भएको मुद्दामा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका १ का वडाध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई धरौटीमा छोडेपनि सिआईबीले उनलाई पुरानो मुद्दामा भएकोे फैसला कर्यन्वयनको लागी अदालतमा आज सोमबार पेश गर्न लागेको ब्युरोले जनाएको छ ।
सिआईबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक (एसपी) जीवन कुमार श्रेष्ठले पुरानो मुद्दामा वडाध्यक्ष तामाङलाई ५ वर्ष जेल सजायको फैसला भईसकेकोले त्यसको कार्यान्वयनको लागी काठमाडौँ जिल्ला अदालतमा पेश गर्न लागेको बताए ।































प्रतिक्रिया