काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।
“नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात” भन्ने आकर्षक नारासहित ल्याइएको यस योजनाले ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजन खरिद गर्दा थप खुशी प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादनहरू खरिद गर्दा रु. २,००,०८३ सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, हरेक खरिदमा सियाेर सट उपहार पनि सुनिश्चित गरिएको छ, जसले ग्राहकलाई तत्काल लाभ दिनेछ।
टीसीएलको यस अफरमा समावेश उत्पादनहरूमा नेपालकै सबैभन्दा ठूलो क्यूडी-मिनि लेड टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, भीआरएफ सिस्टम, साउन्ड सिस्टम लगायत आधुनिक जीवनशैलीलाई सहज बनाउने सम्पूर्ण उपकरणहरू रहेका छन्।
ग्राहकहरूले वाशिङ मेसिन खरिद गर्दा ६ केजी एरियल डिटर्जेन्ट उपहार, एयर कन्डिसनरमा फ्रि इन्सटेलसन, साथै अन्य विभिन्न आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। यसका अतिरिक्त, ग्राहकहरूले सिजी इलेक्स मार्फत सजिलो शून्य प्रतिशत ईएमआई सुविधा पनि उपभोग गर्न सक्नेछन्, जहाँ “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिद अझ सहज बनाएको छ।































प्रतिक्रिया