दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी क्वालिफायर्स खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई रनको १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको हो।
दिल्लीका ओपनर शिखर धवन र मार्कस स्टोइनिसले ८६ रनको साझेदारी गर्दै दिल्लीको स्कोर उकासेका थिए । दिल्लीलाई ठूलो स्कोर दिलाउन शिखर धवनले सर्वाधिक ७८ रन बनाउँदा सिमरोन हिममायरले अभिजित ४२ रन बनाए ।
त्यस्तै मार्कस स्टोइनिसले ३८ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले २१ रन जोडे । हैदराबादका लागि जेसन होल्डर, सन्दीप शर्मा र राशिद खानले समान १/१ विकेट लिए । फाइनलमा प्रवेश गर्नको लागि आजको खेल जित्नै पर्ने भएकाले दुबै टिम दवाबमा छन् ।





























प्रतिक्रिया