फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारको साथ रहने

फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारको साथ रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकार अघि बढ्ने बताएका छन्। मैदान निरीक्षणका क्रममा उनले सुदूरपश्चिममा क्रिकेटप्रतिको आकर्षण उच्च रहेको उल्लेख गरे।

उनका अनुसार विगतदेखि नै फाप्ला मैदानलाई प्राथमिकतामा राखिँदै आएको र अब निर्माण कार्यलाई थप गति दिने योजना रहेको छ। सरकारको सहयोगमा मैदान निर्माणलाई व्यवस्थित रूपमा अगाडि बढाइने उनले संकेत गरे।

मन्त्री पोखरेल धनगढी पुगेका क्रममा गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने र त्यसपछि महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालय तथा दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

Logo