मध्यपूर्वको तनावले रोकिएको लिग -२ फेरि सुरु हुने, नेपालले यूएई, ओमान, स्कटल्याण्ड र अमेरिकासँग खेल्ने

मध्यपूर्वको तनावले रोकिएको लिग -२ फेरि सुरु हुने, नेपालले यूएई, ओमान, स्कटल्याण्ड र अमेरिकासँग खेल्ने

केन्द्रबिन्दु
153
Shares

काठमाडौं । मध्यपूर्वको तनावका कारण स्थगित गरिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाका लागि अब नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ खेल तालिका सार्वजनिक गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस शृङ्खलामा नेपालले चार फरक बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ।

सार्वजनिक तालिका अनुसार नेपालले पहिलो चरणमा यूएई र ओमानसँग खेल्नेछ। यो शृङ्खला वैशाख १२ गते नेपाल र यूएईबीचको खेलबाट सुरु हुनेछ। त्यसपछि वैशाख १४ गते यूएई र ओमान, वैशाख १६ गते नेपाल र ओमान, वैशाख १८ गते पुनः नेपाल र यूएई, वैशाख २० गते यूएई र ओमान तथा वैशाख २२ गते नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो शृङ्खला लगत्तै नेपालले स्कटल्याण्ड र अमेरिकासँग दोस्रो त्रिकोणात्मक शृङ्खला खेल्ने तालिका रहेको छ। जसअन्तर्गत वैशाख २९ गते नेपालले स्कटल्याण्डको सामना गर्नेछ भने जेठ १ गते स्कटल्याण्ड र अमेरिकाबीच खेल हुनेछ। त्यस्तै, जेठ ३ गते नेपाल र अमेरिका, जेठ ५ गते नेपाल र स्कटल्याण्ड, जेठ ७ गते स्कटल्याण्ड र अमेरिका तथा जेठ ९ गते नेपाल र अमेरिकाबीच अन्तिम खेल हुनेछ।

सबै खेलहरू नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछन्।

Logo