अष्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर पक्राउ

अष्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर पक्राउ

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । अष्ट्रेलियाका पूर्व स्टार क्रिकेटर डेभिड वार्नर सिड्नीमा मादक पदार्थ सेवन गरी सवारी चलाएको (ड्रिङ्क ड्राइभिङ) आरोपमा पक्राउ परेका छन्।

अष्ट्रेलियाली समाचार माध्यमका अनुसार ३९ वर्षीय वार्नरलाई आइतबार साँझ सिड्नीको मारुब्रामा प्रहरीले नियन्त्रणमा लिएको हो।

न्यू साउथ वेल्स प्रहरीका अनुसार मारुब्राको मालाबार रोडमा प्रहरीले नियमित जाँच गरिरहेको स्थानभन्दा केही अगाडि नै वार्नरले आफ्नो भ्यान रोकेर पार्किङ गरेका थिए। शंका लागेर प्रहरी अधिकारीहरू भ्यान नजिकै पुगी उनको ‘ब्रेथलाइजर’ परीक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो।

त्यसपछि उनलाई पक्राउ गरी मारुब्रा प्रहरी चौकी लगिएको थियो, जहाँ गरिएको दोस्रो परीक्षणमा उनको रगतमा मदिराको मात्रा कानुनी सीमाभन्दा दोब्बर अर्थात् ०.१०४ देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई ‘मिडल–रेञ्ज’को लापरबाहीपूर्ण सवारी चलाएको कसुरमा मुद्दा चलाइएको छ।

प्रहरीको बयान उद्धृत गर्दै समाचारमा जनाइए अनुसार वार्नरलाई आगामी मे ७, २०२६ (बिहीबार) का दिन डाउनिङ सेन्टर लोकल कोर्टमा उपस्थित हुन सूचना जारी गरिएको छ। क्रिकेट मैदानमा आक्रामक छविका लागि चिनिने वार्नर यसअघि पनि विभिन्न विवादमा मुछिने गरेका थिए, तर खेल जीवनपछि यो उनको एक गम्भीर कानुनी झमेला मानिएको छ।

Logo