काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले हराउँदै शानदार लय कायम राखेको छ। वर्षाका कारण छोट्याइएको खेलमा राजस्थानले प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
गुवाहाटीमा भएको खेल ११ ओभरमा सीमित गरिएको थियो। पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेट गुमाएर १५० रनको बलियो योगफल खडा गर्यो। ओपनर यशस्वी जैसवालले ३२ बलमा ७७ रन बनाउँदै टोलीलाई मजबुत स्थितिमा पुर्याए।
१५१ रनको लक्ष्य पछ्याएको मुम्बई सुरुदेखि नै दबाबमा देखियो। पावरप्लेभित्रै तीन विकेट गुमाएको टोली ११ ओभरमा १२३ रनमै समेटियो। शेर्फेन रदरफोर्ड र नमन धिरले समान २५ रन बनाए पनि टोलीलाई जिततर्फ लैजान सकेनन्।
बलिङतर्फ राजस्थानका सन्दीप शर्मा, नान्द्रे बर्गर र रवि बिश्नोईले समान २–२ विकेट लिए। जितसँगै राजस्थानले लगातार तेस्रो सफलता हात पार्दा मुम्बईले भने तेस्रो खेलमा दोस्रो हार व्यहोरेको छ।
यसैबीच, आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।





























प्रतिक्रिया