प्रसिद्ध फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । ब्राजिलका फुटबलर पेले थकानले ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
७७ वर्षिय पेलेलाई सम्मान गर्न लन्डनको फुटबल राइटर्स एसोसिएसन (एफडब्ल्युए) ले लन्डनस्थित होटलमा रात्रि भोजका आयोजना गर्ने कार्यक्रम रहेको थियो। तर पेले बिहीबार सबेरै ढलेपछि उनलाई अस्पतालमा भर्ना गरिएको पनि एफडब्ल्युएले बताएको छ । यो सँगै कार्यक्रम पनि स्थगित भएको छ ।
अस्पतालबाट जारी गरिएको विज्ञप्तिमा पेलेलाई कुनै गम्भीर समस्या नभएको केवल थकानले ढलेको उल्लेख गरिएको छ। हालै वर्षमा पनि पेलेलाई मिर्गौला र प्रोस्टेट समस्या भएर अस्पतालमा भर्ना गरिएको थियो।
पेले ३ विश्वकप जित्नेमा एक मात्र खेलाडी हुन्। उनकै योगदानमा ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको थियो। उनी फिफाको शताब्दी खेलाडी र महान सदाबहार खेलाडीबाट सम्मानित भइसकेका छन्। पेलेले २१ वर्ष खेलाडी करिअरमा १ हजार ३ सय ६३ खेल खेलेका थिए।
जसमा उनले १ हजार २ सय ८१ गोल गरे। त्यस्तै ब्राजिलका लागि उनले ९१ खेल खेलेर ७७ गोल गरेका थिए। जब कि विश्वकपमा १२ खेल खेलेर १४ गोल गरेका थिए।































प्रतिक्रिया