राष्ट्रियसभाका उपाध्यक्ष भण्डारी पार्टीको जिम्मेवारीबाट अलग

राष्ट्रियसभाका उपाध्यक्ष भण्डारी पार्टीको जिम्मेवारीबाट अलग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारी निष्पक्षता र तटस्थता कायम गरी काम गर्ने प्रतिबद्धतासहित विगतमा आफूले लिँदै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएकी छन‍् ।

उपाध्यक्ष भण्डारीले आज विज्ञप्ति जारी गरेर सो जानकारी दिएकी हुन् । नेकपा (एमाले)बाट निर्वाचित भण्डारी सो पार्टीको केन्द्रीय सदस्य थिइन् । उनी यही चैत २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

Logo