काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले गरेको टिप्पणी संसद्को रेकर्डबाट हटाउन एमालेले माग गरेको छ ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद पुरुषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग न्याय, समानता र अधिकार रहेको कसैले कहिले पनि बिर्सन नहुने बताएका थिए ।
उनले भनेका थिए, ‘आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ । सभामुख महोदय जुन भुतले कमरेड केपी ओलीलाई छलेको थियो । त्यही भुतले आज कमरेड बादललाई पनि छलेको देखिन्छ ।’
त्यसपछि नेकपा एमालेका सांसद गुरु बरालले प्रतिवाद गर्दै ओलीलाई गरेको तुच्छ व्यवहार घोर आपत्ति व्यक्त गर्दै यो अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरेका हुन् ।





























प्रतिक्रिया