काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वस्तुगत संघतर्फबाट शिवप्रसाद घिमिरेको प्यानलबाट अरनिको राजभण्डारीले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्।
उद्योग तथा व्यवसाय क्षेत्रमा तीन दशक लामो अनुभव बोकेका राजभण्डारी एक अनुभवी र सक्रिय व्यवसायीक नेताका रूपमा परिचित छन्।
हाल नेपाल आइसक्रिम उद्योग व्यवसायी संघका अध्यक्ष रहेका राजभण्डारी एण्डिज आइसक्रिम एण्ड फास्टफुड इन्डस्ट्रीका सञ्चालक हुन्। उनले यसअघि रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) को अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। उनीमा कोषाध्यक्ष र महासचिवका रूपमा काम गरिसकेका उनीसँग संस्थागत नेतृत्वको विशिष्ट अनुभव छ।
महासंघभित्र पनि राजभण्डारीले लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्याउँदै आएका छन् । उनले महासंघको वस्तुगत परिषद्को पूर्व सह-सभापति तथा रोजगारदाता परिषद्को सह-सभापतिको भूमिका समेत निर्वाह गरिसकेका छन्। उद्योगीहरूको हकहित संरक्षण, नीतिगत सुधार र व्यावसायिक क्षेत्रको विकासमा उनले निर्वाह गरेको भूमिकालाई निजी क्षेत्रमा सकारात्मक रूपमा लिइन्छ।
वस्तुगत संघतर्फका उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहबाट चुनावी मैदानमा उत्रिएका राजभण्डारीले उद्योगीका समस्यालाई नीतिगत तहमा पुर्याउने र महासंघलाई थप सशक्त बनाउने एजेन्डा अघि सारेका छन्।





























प्रतिक्रिया